दफा १७
स्थानीय प्रशासनलाई जानकारी गराउने
: (१) कसैले दुर्घटना वा अन्य कुनै कारणले कुनै व्यक्तिलाई उपचारको लागि कुनै स्वास्थ्य संस्थामा लगेमा त्यस्तो स्वास्थ्य संस्थाले त्यस्तो व्यक्तिलाई तत्काल आफुसँग उपलब्ध भएसम्मको उपचारको सेवा प्रदान गर्नु पर्नेछ र त्यस्तो व्यक्तिको पहिचान हुन नसकेमा सोको जानकारी तत्काल सम्बन्धित स्थानीय प्रशासनलाई दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम स्वास्थ्य संस्थाले सूचना दिँदा उपचार गरिएको व्यक्ति र निजसँग सम्बन्धित उपलब्ध भएसम्मको अन्य जानकारी समेत दिनु पर्नेछ।
(३) उपदफा (१) र (२) बमोजिम जानकारी प्राप्त भएपछि स्थानीय प्रशासनले सम्बन्धित व्यक्तिको परिवार, अभिभावक वा संरक्षकको खोजी गरी सोको जानकारी गराउनु पर्नेछ।